ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा घाइते

कीर्तिपुर अस्पतालमा उपचार हुँदै

काठमाडाैं | फागुन ४, २०७९

ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा घाइते

काठमाडौं:   खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी घाइते भएका छन् । 


गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा हरिकला भण्डारी घाइते भएका हुन्। घाइते दुवै जनाको अहिले काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।


नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले गएराति अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र भण्डारीको झण्डै २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरीर जलेको डाक्टरले जानकारी दिएका बताए । खाना खाएर सुतिसकेपछि गएराति १० बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको भण्डारीका स्वकीय सचिव भुवन भुसालले बताउनुभएको छ । ग्यास लिक भएको अनुमान गरिए  पनि विस्फोट के कारणले भयो भन्नेबारे खुलेको छैन ।


नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्